Header Ads

ad

प्रभु बैंकको ४०% हकप्रद भर्ने आइतबार अन्तिम दिन, कसरी दिने आवेदन ?

  • Prabhu-bank-Ltd_2_23_2018_4_06_40.jpg
नेपाली पैसा
 
काठमाडौं : प्रभु बैंकको ४०% हकप्रद सेयरको बिक्री आइतबार बन्द हुँदैछ । यो हकप्रदमा आइतबार (फागुन १३ गते) कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्छ । बैंकले माघ ७ गतेदेखि १०ः४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रदमा पुस २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौं र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।
 
राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंक ४०% हकप्रद सेयर निष्कासनमा जुटेको हो । हाल बैंकको चुक्ता पुँजी रुपैयाँ रहेको छ । ४०% हकप्रदपछि भने चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६३ करोड ४९ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको प्रभुको प्रतिसेयर नेटवर्थ भने १६३ रुपैयाँ ९२ पैसा रहेको छ ।

No comments